२०२० देखि सम्पदा संरक्षण गर्दै

प्रविधिमार्फत सम्बन्ध, सम्पदा र समुदायको संरक्षण सृष्टि युनिभर्स

सृष्टि युनिभर्स एक वंशावली र समुदाय व्यवस्थापन प्लेटफर्म हो, जसले परिवार र समुदायलाई संरचित वंशावली बनाउन, सम्पदा संरक्षण गर्न र आपसी सम्बन्धमा जोडिन सहयोग गर्छ।

10K+

सक्रिय परिवारहरू

50K+

निर्माण गरिएका वंशावलीहरू

100K+

सुरक्षित गरिएका सम्झनाहरू

99.9%

सन्तुष्टि दर

हाम्रो उद्देश्य - पारिवारिक सम्पदा र विरासतको संरक्षण

सृष्टि युनिभर्सको उद्देश्य परिवार, संस्था तथा समुदायलाई त्यस्ता डिजिटल उपकरण र प्रविधि प्रदान गर्नु हो,जसले सम्बन्ध तथा पारिवारिक इतिहास संरक्षण गर्नर सामाजिक उत्तरदायित्वलाई बलियो बनाउन सहयोग गर्छ।हामी विश्वास गर्छौँ—प्रविधिले परम्परालाई विस्थापित गर्नु हुँदैन; प्रविधिले परम्परालाई संरक्षण गर्नुपर्छ।निरन्तर नवीनता र विकासमार्फत हामी यस्तो डिजिटल प्लेटफर्म निर्माण गर्न चाहन्छौँ जहाँ:

  • प्रत्येक पुस्ताले आफ्नो पारिवारिक इतिहास र वंशावली बुझ्न र हेर्न सकून्।
  • प्रत्येक संस्थाले आफ्नो वर्तमान गतिविधि तथा भविष्यको व्यवस्थापन व्यवस्थित गर्न सकून्।
  • प्रत्येक समुदायले आफ्नो संस्कृति, सम्पदा र पहिचान संरक्षण गर्न सकून्।
  • प्रत्येक व्यक्तिले सामाजिक सेवामा प्रभावकारी रूपमा योगदान गर्न सकून्।

हाम्रो लक्ष्य केवल एउटा software निर्माण गर्नु होइन। डिजिटल प्रविधिको माध्यमबाट सम्बन्ध, इतिहास, संस्कृति र समुदायलाई पुस्तौँसम्म जोडिराख्ने वातावरण निर्माण गर्नु हो।

Family Connection

सृष्टि युनिभर्स किन रोज्ने?

सृष्टि युनिभर्सले पूर्ण वंशावली प्लेटफर्मतथा समुदाय व्यवस्थापन प्रणाली प्रदान गर्दछ, जुन व्यवस्थित संगठनका लागि डिजाइन गरिएको हो। यस प्लेटफर्मले परिवारको संरचना व्यवस्थापन, कार्यक्रम आयोजना, आर्थिक व्यवस्थापन, सम्पदा संरक्षण एकै स्थानबाट गर्न सहयोग गर्दछ।

सृष्टि युनिभर्स केवल वंशावली बनाउने एप वा वंशावली सफ्टवेयर मात्र होइन। यो परिवार, संस्था तथा समुदायका विभिन्न आवश्यकता पूरा गर्ने एकीकृत डिजिटल प्लेटफर्म हो। सृष्टि युनिभर्समा समावेश प्रमुख सुविधाहरू:

वंशावली तथा वंशावली व्यवस्थापन
संगठन वृक्ष प्रणाली
कार्यक्रम व्यवस्थापन
वित्त व्यवस्थापन
रक्तदान प्लेटफर्म
डिजिटल सम्पदा संरक्षण
Trusted Platform
हाम्रा मूल्यहरू

हामीले विश्वास गर्ने मूल्यहरू

हाम्रा मूल्यमान्यताहरूले सृष्टि युनिभर्सका प्रत्येक कार्यलाई मार्गदर्शन गर्छन्।

परिवार प्राथमिकता

हामीले निर्माण गर्ने प्रत्येक सेवाले पारिवारिक सम्बन्ध र परिवारको हितलाई पहिलो प्राथमिकता दिन्छ।

गोपनीयता

तपाईंको पारिवारिक जानकारी सुरक्षित छ र तपाईंले अनुमति दिएका व्यक्तिहरूले मात्र पहुँच गर्न सक्छन्।

समावेशिता

हामी सबै प्रकारका परिवार र परम्पराहरूको सम्मान र स्वागत गर्छौं।

विरासत

आगामी पुस्ताका लागि अमूल्य सम्झना र विरासत सुरक्षित राख्न सहयोग गर्छौं।

सुरु गर्नुहोस्

सृष्टि युनिभर्स समुदायमा जोडिनुहोस्

तपाईं आफ्नो पारिवारिक इतिहास सुरक्षित राख्न, वंशावली निर्माण गर्न, संगठन व्यवस्थापन गर्न, सामुदायिक कार्यक्रम सञ्चालन गर्न, वित्तीय अभिलेख व्यवस्थित गर्न, सांस्कृतिक सम्पदा संरक्षण गर्न वा रक्तदानमार्फत सामाजिक योगदान गर्न चाहनुहुन्छ भने सृष्टि युनिभर्सले तपाईंलाई आवश्यक डिजिटल सुविधा एउटै प्लेटफर्ममा उपलब्ध गराउँछ। हामीसँग तपाईंले विगतलाई सुरक्षित राख्न, वर्तमानलाई व्यवस्थित गर्न र भविष्यलाई अझ बलियो बनाउन सक्नुहुन्छ। सँगै मिलेर आफ्नो इतिहास सुरक्षित राखौँ, वर्तमानलाई व्यवस्थित गरौँ र भावी पुस्ताका लागि बलियो भविष्य निर्माण गरौँ।

केही मिनेटमै आफ्नो वंशावली तयार गर्नुहोस्
परिवारका सदस्यहरूलाई सहकार्यका लागि आमन्त्रण गर्नुहोस्
सम्झनाहरूका लागि सुरक्षित क्लाउड भण्डारण
जहाँसुकैबाट, कुनै पनि उपकरणमार्फत पहुँच
Join Family Tree